शीरानताल नजिक पहिरोजाँदा सडक अबरुद्ध

शीरानताल नजिक पहिरोजाँदा सडक अबरुद्ध

धारापानी, ५ साउन / मनाङको बेशीसहर चामे सडकको नासों गाउँपालिका वडा नं. १ अन्तर्गत शीरानतालको नजिक पहिरो जाँदा सडक अवरुद्ध बन्न पुगेको छ । पहिरो आज विहान ७.३० बजे गएको हो । 

पहिरो गएर सडक अबरुद्ध भएपछि कुनै पनि सवारी साधनहरु गुड्न सकिरहेहका छैनन् । यात्रुहरुले निकै सास्ती झेल्नु परेको स्थानीय राजु गुरुङ (चङ्खे)ले जानकारी दिएका छन् । सडकको माथीबाट खसेको निकै ठूलो पहिरोले सडक पुरिएर बाटो अवरुद्ध भएपछि यात्रुहरु निगाँलोको घारीको सहारा लिएर आवत जावत गरिरहेको उनले बताए । 

पहिरोले अबरुद्ध सडकबाट स्थानीय बासिन्दाहरुको हिडडुलमा समस्या भएपछि बाटो छिटो खुलाउन नासोँ गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिएका छन् । 

यस विषयमा जिल्ला समन्वय समिति र जिल्लाका सरोकारवालाहरुसँग छलफल भईरहेको अध्यक्ष घलेले बताए । यसैबीच टेलिफोनको टावर बिग्रिएर टेलिफोन सम्पर्क समेत विच्छेद भएकोले बाटो छिटो खुलाउन गरिएको पहलमा ढिलाई भएको अध्यक्ष चन्द्र घलेले जनाएका छन् ।  


सम्बन्धित समाचार