ब्राजिल कोपा अमेरिका फुटबलमा सहभागि हुने

ब्राजिल कोपा अमेरिका फुटबलमा सहभागि हुने

ब्राजिलले घरेलु भूमिमा आयोजना हुने कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने भएको छ ।

ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पुष्टि गरेका छन् । पछिल्लो समय खेलाडीहरु प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिता अन्योलमा रहेको थियो । तर, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् ।

आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरु कोपा आयोजनाको विरोधमा देखिएका छन् । लुइस स्वारेज, एडिन्सन काभानी,जुवान क्वाड्राडो लगायतका खेलाडीहरु कोपा रोक्नुपर्ने पक्षमा रहेका छन् । कोरोना महामारीको समय स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने उनीहरुको माग रहेको छ ।

कोरोना भाईरसको महामारीकै कारण सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले एक वर्ष पछि सारेको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने तय छ ।

सम्बन्धित समाचार