जलविद्युतले सुकाए मर्स्याङ्दी

जलविद्युतले सुकाए मर्स्याङ्दी

लमजुङ — माथिल्लो मनाङ र लमजुङको बीच भाग भएर बगेको मर्स्याङ्दी तनहुँ, गोरखाको सीमा हुँदै मुग्लिन पुगेर त्रिशूलीमा मिसिन्छ ।मर्स्याङ्दीलाई पृथ्वी राजमार्गनजिकै तनहुँको मार्कीचोकमा बाँध बाँधी सुरुङमार्फत आँबुखैरनीमा लगेर ६९ मेगावाटको विद्युत् निकालिएको छ । करिब ४ दशकअघि बनेको मर्स्याङ्दी जलविद्युत आयोजनाकै कारण करिब ७ किलोमिटर नदी बगरमा परिणत भएको छ ।
    लमजुङ क्षेत्रमा २०६५ मा ७० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजना बन्यो । बेंसीसहर नगरपालिका १ र ११ बीच चिप्लेटीनजिकै बाँध बाँधेर पानी भूमिगत सुरुङमार्फत सुन्दरबजार नगरपालिका–८ हुँदै ९ वडामा निर्माण गरिएको विद्युत्–गृहमा लगिएको छ । यो बीचमा मर्स्याङ्दी नदी सुकाइएको छ ।
    २०७४ मा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना बन्यो । सुरुङमार्फत लैजाँदा ङादीदेखि भुलभुलेसम्म ६ किलोमिटरमा पानी सुकेको छ । मनाङको सिरानतालमा बाँध बाँधेर लमजुङको स्याँगेमा विद्युत्–गृह बनाई ३२१ मेगावाटको आयोजनाको प्रक्रिया अघि बढाइएको छ । आयोजना निर्माणपछि मर्स्याङ्दीमा बगिरहेको ९ किमि पानी सुक्नेछ ।
    बेंसीसहर–६ र १० को सीमा बेलौती–बिसौना र सालडाँडामुनि ५० मेगावाटको आयोजना बनाउन प्रक्रिया अघि बढेको छ । यसका लागि मर्स्याङ्दी नदी करिब ५ किलोमिटर सुकाइनेछ । माथिल्लो मर्स्याङ्दी ‘ए’ माथि माथिल्लो मर्स्याङ्दी–२ लगायत चारवटा आयोजना निर्माणको प्रक्रियामा छ । यी दुई आयोजनाको बीचमा १३८ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ जलविद्युत आयोजना निर्माणको प्रक्रियामा छ । यसले पनि ६ किलोमिटर मर्स्याङ्दी नदी सुकाइनेछ । माथिल्लो मर्स्याङ्दी–२ माथि दुईवटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्य आयोजनाको पनि अध्ययन भइरहेको छ ।
नासिए जलचर
जलविद्युत् निर्माण क्षेत्रमा माछालगायत धेरैजसो जलचर नासिँदै गएका छन् । पानीको बहाव घट्दा जलचर मासिएको स्थानीयको भनाइ छ । बेंसीसहर–१ उदीपुरका कृष्णप्रसाद अधिकारीले आयोजना निर्माण गर्ने तर छोड्नुपर्ने पानी नछोड्दा जलचर नासिएको बताए । ‘पानी नभएपछि जलचर यतिकै नासिन्छ । झन् सबै पानी सुरुङमा पठाएर नदी सुकाएपछि जलचर कसरी बाँच्छ,’ उनले भने, ‘पानी नछोड्दा ठूलो समस्या छ । जलचर नासिएका छन ।’
    मर्स्याङ्दीमा ३ ठूला जलविद्युत् आयोजनाले मात्रै करिब २० किलोमिटरमा पानी सुकाएका छन् । आयोजनाले नदीमा १० प्रतिशत पानी छोड्नुपर्छ तर कुनैले पनि छाडेका छैनन् । मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख शिवकुमार शाहले नदीमा नियमबमोजिम पानी नछाडिएको स्विकारे । तर, अन्यत्रबाट आएको र आयोजनाको ड्यामबाट चुहिने पानीले त्यसको परिपूर्ति गर्ने उनले बताए । ‘१० प्रतिशत पानी नछाडे पनि डिसेन्डरका च्यानलबाट लिकेज भइरहेको छ । शाखा खोलाबाट पानी आइरहेको छ,’ उनले भने, ‘जलचर खासै प्रभावित भएका छैनन् ।’
हराउँदै ¥याफ्टिङ र कायाकिङ
    साहसिक जलयात्र्रा याफ्टिङका सौखिनका लागि मर्स्याङ्दी उपयुक्त नदीमा गनिन्छ । अहिले भर्ने याफ्टिङ रोकिएको छ । कायाकिङ प्रतियोगिता कहिलेकाहीँ हुने गरे पनि यसपटक हुन सकेन ।
    कञ्चन पानी, आकर्षक दृश्य र उपयुक्त भूगोलका कारण विगतका वर्ष मर्स्याङ्दीमा कायाकिङ हुन्थ्यो । एक दशकअघिसम्र्म याफ्टिङ निकै चल्थ्यो । मर्स्याङ्दीमा जलविद्युत् निर्माणपछि यी गतिविधि हुन छाडेका छन् । ङादीका होटल व्यवसायी तेजु गुरुङका अनुसार जलविद्युत् निर्माणको क्रम बढेपछि मर्स्याङ्दीर्मा याफ्टिङ र कायाकिङ हुन छाड्यो । यसले पर्यटन व्यवसायलाई समेत असर परेको उनले बताए ।
    बेंसीसहरस्थित होटल तुलसी होमका सञ्चालक राधेश्याम श्रेष्ठ जलविद्युत्ले मर्स्याङ्दीको रूप बिगारेको बताउँछन् । ‘पर्यटकलाई टिकाउन र पर्यटन प्रवर्द्धन गर्न डुंगा चलाउनै पर्छ, यसतर्फ स्थानीय तहले योजना बनाउनुपर्छ,’ उनले भने । हिमालयन रिभर गाइड एसोसिएसन नेपालका पूर्वअध्यक्ष युवराज अधिकारीका अनुसार पहिर्ले याफ्टिङ र कायाकिङले मर्स्याङ्दी ढाकिने गरेकोमा अहिले जलविद्युत् आयोजनाले रोकिएको छ । उनका अनुसार पहिले जलयात्री बेंसीसहरबाट भुलभुले, ङादी पुग्थे र त्यहाँबार्ट याफ्टिङ गर्दै फर्कन्थे । सडक बन्नुअघि बेंसीसहरबाट भुलभुलेसम्म डुंगा बोकाएर लगिने हुँदा रोजगारीको पनि राम्रै अवसर जुट्थ्यो । केहीले स्याँगेसम्म पुगेर लामो दुरीर्को याफ्टिङ गर्थे ।
    ‘ङादीबाट सुरु भएर्र याफ्टिङ वा कायाकिङ चितवनको नारायणगढ पुग्थ्यो । ५ देखि ७ दिनको प्याकेज हुन्थ्यो,र्’ याफ्टिङ–कायाकिङ गाइड अधिकारीले भने, ‘अहिले भने जलयात्री हिँड्न पाएनन् । केही वर्षमै नदी देख्नै मुस्किल छ ।’
जोगाउन छैन ध्यान
नदीका किनार पर्यटकीय गन्तव्य हुन् । केन्द्रीय सरकारले जलविद्युत् निर्माणका लागि स्वीकृति दिँदा स्थानीय तहले केही गर्न नसक्ने बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल बताउँछन् । ‘नदीभरि आयोजना निर्माण गरिँदा पर्यावरणको पनि ख्याल राख्नुपर्छ,’ उनले भने, ‘नदी नै मासिने गरी आयोजना निर्माण गरिनु राम्रो होइन ।’
    संविधानसभामा जलस्रोत समितिका सदस्यसमेत रहेका पूर्वसांसद जमीन्द्रमान घले नदी मासेर जलविद्युत् निर्माण गर्नुपर्छ भन्ने पक्षमा छैनन् । उनका अनुसार एउटै नदीमा धेरै जलविद्युत् निर्माण हुनु ऊर्जाका लागि फाइदा पुगे पनि पर्यावरणीय, स्वास्थ्य, पर्यटकीय हिसाबले समस्या हो । यसले जलचर मात्रै नभएर मानिसलाई समेत असर गर्छ । ‘अहिले नै समस्याको समाधान खोजिनुपर्छ,’ घलेले भने, ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने हो नि ।’
–साभारः ईकान्तिपूर


सम्बन्धित समाचार