साढे तीन वर्षको अवधिमा १८औँ पटक मन्त्रीपरिषद विस्तार

साढे तीन वर्षको अवधिमा १८औँ पटक मन्त्रीपरिषद विस्तार

नवनियुक्त सांसद तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गरउनु भएको थियो । राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ गराउनुभएको थियो । जेठ २१ गते गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट विचाराधीन रहेको र कारण देखाऊ आदेश जारी भएको सन्दर्भमा प्रधानमन्त्री ओलीले बिहीबार पुनः मन्त्रीपरिषद विस्तार गर्नुभएको हो ।

साढे तीन वर्षको अवधिमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेर गरेको यो १८औँ पटक हा े।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्ष, बादल निकट, जसपा र आफ्नै गुटमा आबद्ध नेताहरुलाई समेटेर मन्त्रीमण्डल पुर्न गठन सहित पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

बिहीबार नेपाल पक्षमा रहेर केही समयदेखि तटस्थ देखिँदै आउनु भएका गणेश पहाडीलाई सामान्य प्रशासन,  रामबहादुर थापा बादलको कोटामा पत्नी नैनकला थापा सञ्चार मन्त्रलाको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूनिकट नेता खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री र आशा विक, वनराज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

सम्बन्धित समाचार