नासों गाउँपालिकाको तिल्चेमा लागेको डढेलो नियन्त्र नजिक

नासों गाउँपालिकाको तिल्चेमा लागेको डढेलो नियन्त्र नजिक

    धारापानी, १६माघ / तल्लो मनाङको नासों गाउँपालिकाको तिल्चेमा लागेको आगो नियन्त्रण नजिक आएको छ । गत माघ १३ गते साँझदेखि लागेको डढेलो स्थानीयबासीहरुको प्रयासले मात्र नियन्त्रमा आउन नसकेपछि स्थानीय जनप्रतिनिधि, स्थानीय आमा समूह तथा सिएएमसि सदस्यहरुका साथै सुरक्षाकर्मीहरुको संयुक्त प्रयासपछि नियन्त्रण नजिक आएको हो ।
    स्थानीय बासिन्दाहरुले डढेलो नियन्त्रणमा कठिनाई खेपिरहेका बेला जिल्लाका सुरक्षा जनशक्ति समेत परिचालन गर्नु परेको नासों गाउँपालिका वडा नं. ८ का अध्यक्ष हुपजंग गुरुङले जानकारी दिएका छन् । वडा अध्यक्ष गुरुङका अनुसार शुक्रवार नै मनाङका प्रमूख जिल्ला अधिकारी एवं सुरक्षा अधिकारीहरुले आगलागी प्रभावित क्षेत्रको निरिक्षण गरी सुरक्षाकर्मीहरुलाई आवश्यक उपकरणसहित परिचालन गर्न मनोबल बढाएर फर्किएका छन् ।
    चारैतिरबाट अग्ला पहाडले घेरिएर भौगोलिक कठिनाई समेत भएको उक्त क्षेत्रमा लागेको आगलागी नियन्त्रण गर्न स्थानीय बासिन्दाहरु आफूहरुसँग भएको उपकरण र साधनको प्रयोग गरी १३ गते रातीदेखि नै खटिएको भएपनि आगो निभाउने प्रयास सफल हुन नसकेको स्थानीय युवा समाजसेवी यज्ञ घलेले जनाएका छन् । शुक्रवार अपरान्हसम्म करिब करिब डढेलो नियन्त्रण नजिक आएको वडा अध्यक्ष गुरुङले बताए ।


सम्बन्धित समाचार