मे दिवसको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले दिए शन्देश

मे दिवसको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले दिए शन्देश     काठमाडौं, १९ बैशाख / १सय ३१ औं मे दिवसको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले विश्वभरका श्रमिकहरुलाई शुभकाममना ब्यक्त गरेका छन् । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले आज आमसञ्चार माध्यमहरुमार्पmत यस्तो सन्देश व्यक्त गरेका हुन् ।
    अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा विश्वभरका श्रमिकहरुको हक हित र उन्नति होस् भन्दै पूर्व श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङले भनेका छन् ‘श्रमिकहरुको हक अधिकार स्थापित भएको दिनको रुपमा प्रत्येक वर्ष १ मेमा विश्व मजदुर दिवस मनाउने गरिन्छ । सन २०२० को मे १ मा मनाईने मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं सुखद भविष्यको कामना गर्दछु ।’
    मजदुरहरूलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने नारासहित अमेरिकामा सन् १८८६ मा आएको अवधारणा र त्यसको तीन वर्ष पछि अर्थात सन् १८८९ मा फ्रान्समा विश्वका मजदुर नेताहरू र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउन भएको निर्णयको सम्झना गर्दै मनाईने श्रमिक दिवसको अवसरमा श्रमिकहरुको हितमा काम गर्न सरकारले ठोस नीति बनाउनु पर्ने आवश्यकता रहेको पनि उनले बताए ।
    वर्तमान अवस्थामा कोविड १९ नोबेल कारोना भाईरसको महामारी विश्वभर फैलिएर धेरै देशहरु लकडाउनमा परेको बेला मजदुरहरुले निकै ठूलो संकट खेप्नु परेको सन्दर्भ उठाउर्दै पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुुर गुरुङले भने ‘अहिलेको यो संकटको अवस्थामा श्रमिकका रुपमा विदेशिएका नेपाली मजदूरहरुलाई उद्धार गरी स्वदेश फर्काउने काममा नेपाल सरकारले ढिलो गर्नु हुदैन । श्रमको अवसरका लागि विभिन्न देशमा पुगेका कोरोना भाईरसको महामारीको चपेटामा परेका नेपाली श्रमिकहरुलाई छिटो स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण होस् भन्न चाहन्छु ।’

सम्बन्धित समाचार