कांग्रेस सभपाति देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभाग विस्तार, मानाङ्का २ जना चयन

कांग्रेस सभपाति देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभाग विस्तार, मानाङ्का २ जना चयन

काठमाडौँ, ६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ ।

सभापति देउवाले गोविन्द भट्टराई संयोजक रहेको जनसम्पर्क समिति समन्वय विभागमा ३४ जनालाई चयन गर्नुभएको हो जस मध्ये २ जना सदस्य मानाङ् जिल्लाबाट परेका छन्

चयन हुनेमा मानाङ् ङिस्यांग गाउपालिका वडा नम्बर ७ टंकीमानाङ्बाट हाल काठमाण्डौँ बस्दै आउनु भएकी श्रीमती नाचोंङ् गुरुङ रनेपाली काँग्रस जर्मनका संस्थापक सञ्चालक तथा एन आर एन जर्मनका सल्लाहकार समेत रहनु भएका श्री दिल बहादुर गुरुङ रहेका छन्

 

सभपाति देउवाले पार्टीको विधानमा व्यवस्था भए बाहेक विभाग गठन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले विरोध गर्दै आएको छ । तर सभपाति देउवाले विभाग गठनको काम भने जारी राख्दैआउनुभएको छ ।

सम्बन्धित समाचार