प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेल शुरु

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेल शुरु

धारापानी, १० जेठ । हिमाली जिल्ला मनाङका विभिन्न स्थानीय तहहरुमा स्थानीय तहस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेलका लागि नासों गाउँपालिकाले यो प्रतियोगिताको आयोजना गरेको छ ।


नासों गाउँपालिका वडा नं. ५ थोँचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयको प्रांगण प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले उद्घाटन गरेका छन् । झण्डै ५ दर्जन प्रतिष्पर्धीहरु सहभागी हुने यस रनिङ शिल्ड प्रतियोगिता जेठ १० गते शुरु भई ११ गते सम्पन्न हुदैछ । 

उक्त छनौट प्रतियोगितामा नासों गाउँपालिका भित्रका दुई वटा विद्यालयहरु बीच प्रतिष्पर्धा हुने आयोजक पक्षले जानकारी दिएको छ । यो शिल्ड प्रतियोगितामा पूmटबल खेलबाहेक भलिवल, एथ्लेटिक्सलगायत अन्य विभिन्न विधाका खेलकूदहरुमा प्रतिष्पर्धा हुने बताईएको छ । 


सम्बन्धित समाचार