म्यार्दीखोलामा ट्रसपुल राखेर सञ्चालनमा ल्याईयो चामे बेसिशहर सडक

म्यार्दीखोलामा ट्रसपुल राखेर सञ्चालनमा ल्याईयो चामे बेसिशहर सडक

    धारापानी, ९ असोज । गत असारको पहिलो सातामा नै भएको भिषण वर्षाबाट आएको बाढीका कारण म्यार्दी खोलाले पुल बगाएर अबरुद्ध हुन पुगेको लम्जुङ र मनाङ जोडने सडक अब पूर्ण रुपमा सञ्चालनमा आएको छ । हिजो साँझबाट सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
    बाढीले पुल बगाएर झण्डै ३ महिनासम्म सीधा सवारी आवागन हुन नसकेको लम्जुङ मनाङको सीमाना रहेको म्यार्दी खोलामा ट्रस पुल स्थापना गरी सडक सूचारु गरिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताएका छन् । उनले भनेका छन् ‘म्यार्दी खोलाको पुल बगाएर तीन महिनादेखि अबरुद्ध चामे बेसिशहर सडक असोजको ८ गते साँझबाट प्रयोगमा आएपछि हामी मनाङबासी धेरै हर्षित भएका छौं ।’ ट्रस पुल निर्माण गरिएको केही समय अगाडि नै भए पनि म्यार्दीभिरको सडक खण्डमा पहिरो लडिरहेका कारण सडक पूर्णमा रुपमा सञ्चालनमा आउन सकेको थिएन ।
    पर्यटन सिजनको शुरुवात र नेपालीहरुको महान चाड दशैं तिहार नजिकैकिदै गर्दा पुल निर्माण गरी यातायात सेवा सञ्चालन गरिएकोमा यस अभियानमा संगलग्न सबै पक्षलाई अध्यक्ष घलेले धन्यवाद दिएका छन् । लमजुङ जोड्ने मनाङको सीमानामा पर्ने म्यार्दी खोलामा साँघु हालेर म्यार्दी खोलाबाट असार १५ गते साँझदेखि यात्रुहरुलाई ओहोर दोहोर गराईदै आएको थियो ।
    ट्रस पुल हालेर तत्कालै पुल सञ्चालनमा ल्याउने प्रयास गरिदै आएको भए पनि बेसिशहरदेखि म्यार्दीखोलासम्म पुलका सामाग्री ल्याउन सडकका विभिन्न भागमा पहिरो गईरहेका कारण ढिलो भएको निर्माण पक्षले जनाएको छ ।


सम्बन्धित समाचार