मनाङको घ्यारुमा जीप दूर्घटना, एक जनाको ज्यान गयो

मनाङको घ्यारुमा जीप दूर्घटना, एक जनाको ज्यान गयो

    चामे, ७ असोज / मनाङको मनाङ ङिस्याङ गाउँपालिका वडा नं. २ घ्यारुमा जीप दूर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको सदरमुकाम चामे आउदै गरेको उक्त जीप दूर्घटना भएको हो ।
    घ्यारु–ङावलबाट सदरमुकाम चामेहुदै लमजुङ वेशसहर आउँदै गरेको ग १ ज ७२७८ नम्बरको जीप घ्यारुमा दुर्घटना हुँदा सोही जीपका चालक मकवानपुरका २२ वर्षीय बिशाल तामाङको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
    जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक श्रावणकुमार बिकले बताएअनुसार उक्त जीप बिहान ९ः३० बजे सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । ङावल नजिक मोेडमा बाटो साँघुरो भएको कारण चालकले सवाररत ५ जना यात्रुहरुलाई सकुशल आरोलेर जीप अगाडि बढाउन खोज्दा उक्त दुर्घटना भएको मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ३ का  अध्यक्ष कृष्ण लामाले बताए ।
    दुर्घटनास्थल हुम्दे प्रहरी चौकीबाट १० किलोमिटर पर रहेकाले उद्धारका लागि सो स्थानमा प्रहरी खटाईएको मनाङका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार