मनाङ परिवार दक्षिण कोरियाले सातौं तिलिचो कपको आयोजना गर्ने
- by मनाङ अनलाईन सम्वाददाता
- 2019-09-11
- 739 views

काठमाडौं, २४ भाद्र । मनाङ परिवार दक्षिण कोरियाले सातौं तिलिचो कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा उक्त तिलिचो कपको आयोजना गर्न लागेको हो ।
गत आइतवार दक्षिण कोरियाको राजधानी सिउलमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रतियोगिताको खेल तालिका सर्वाजनिक गरिएको थियो । सो प्रतियोगिताका लागि २७ टिमले भाग लिएको परिवारका अध्यक्ष जे.बी. लामाले जानकारी दिएका छन् ।
अध्यक्ष लामाका अनुसार फुटबल खेल्नलाइ ३२ टिमले निवेदन दिए ता पनि समय नपुग्ने भएकोले पाँचवटा टिमलाई दर्ता गरिएन । दर्शक तथा खेलाडिहरुको फुटबल खेलमा उत्साहजनक अभिरुचि भएको भन्दै अध्यक्ष लामाले भने ‘हामीले खेलको सम्पूर्ण तयारी पनि सकेका छौ । खेल समय तालिका अनुसारनै सम्पन्न हुनेछ । उनले थपे ‘आफ्नो समयमा सबै सहभागी टोली अनिवार्य रूपमा खेलमैदानमा पुग्न आग्रह गदर्छु ।’
प्रतियोगितामा फुटबल टिम दर्ता शुल्क ४ लाख कोरियन वन राखिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ३० लाख वन, दोस्रोले १८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता गत बर्षकै खेलमैदानमा सञ्चालन हुदै छ ।
यसै सन्दर्भमा मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष जे.बी. लामाले आग्रह गर्दै भनेका छन् ‘कोरियामा रहेका नेपाली दाजुभाई, दिदिबहिनी तथा नेपाली संघ–संस्थाहरूलाई उपस्थिती जनाईदिनका लागि हार्दिक आग्रह गर्दछु ।’
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त