दक्षिणकोरियामा सातौं तिलिचो कप सम्पन्न

दक्षिणकोरियामा सातौं तिलिचो कप सम्पन्न

    सिउल, २९ भाद्र । मनाङ परिवार दक्षिण कोरियाको आयोजनामा जारी ‘सातौं तिलिचो कप’ सम्पन्न भएको छ । गएको १२ सेप्टेम्बरदेखि सञ्चालन भएको उक्त खेलमा मोक्फो एफ.सी. फ्रस्ट रनरअप भएको प्रतियोगितामा २७  टिम सहभागी रहेका थिए ।
    खेलको अन्तिम चरणमा ग्रीन सिटी इलामका खेलाडी टोलीले ‘तिलिचो कप’ हात पारको थियो । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी मोक्फो एफ.सी.का जेट्ली राइ रहेका थिए भने र उत्कृष्ट खेलाडीमा मोक्फो एफ.सी.का सबिन विडारी रहेको आयोजक मनाङ परिवार दक्षिण कोरियाले जनाएको छ ।     त्यसैगरी उत्कृष्ट गोल रक्षकमा इलाम एफ.सी.का सुरज बुढाथोकी, उत्कृष्ट डिफेन्डरमा इलाम एफ.सी.का विशाल लिम्बु र उत्कृष्ट मिडफिल्डरमा इलाम एफ.सी.का राज थापा रहेको मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष जे.बी लामाले जानकारी दिएका छन् ।
    यस वर्षको ‘सातौं तिलिचो कप’ बढो हर्सोल्लासका साथ सम्पन्न भएको अध्यक्ष लामाले बताए । उनले भने ‘सातौ तिलिचो कपलाई सफल पारिदिनु हुने सहभागी सम्पूर्णलाई हामी मनाङ परिवारको तर्फबाट हृदयदेखि नै धन्यवाद दिन चाहान्छौं । आगामी दिनहरूमा पनि तपाईहरूको साथ र सहयोगको अपेक्षा गर्दछौं ।’
    अध्यक्ष लामाले सातौ तिलिचो कपको विजेता ग्रिन सिटी ईलाम एफ सी र उप विजेता मोक्पो एफ सीलाई बधाई तथा शुभकामना दिदै अगाडि भने ‘खेल अबधिभर शान्तिपूर्ण तरिकाले विवादरहित सभ्य र भव्य तरिकाले खेल सम्पन्न भएको हुनाले हामी मनाङ परिवार खेल प्रेमी, खेलाडी मित्रहरू पनि धन्यवाद दिन चाहान्छौं ।’
    यस वर्षको सातौं तिलिचो कपसँगै प्रतियोगीहरुले प्रथम टिमले ३० लाख वोन् र दोस्रोले १८ लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको पुरस्कार प्रमुख अतिथि नागर्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा र विशेष अतिथि फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो तमुले वितरण गरेको मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए ।

सम्बन्धित समाचार