मनाङमा ९७ शिक्षकको दरबन्दी कटौती हुने,

मनाङमा ९७ शिक्षकको दरबन्दी कटौती हुने,

  चामे, ३ पौष/आगामी शैक्षिक सत्रका लागि हिमाली जिल्ला मनाङमा ९७ जना शिक्षक तथा शिक्षिकाको दरबन्दी कटौती हुने भएको छ । यो मनाङमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाको संख्याको आधा हो ।

यति ठूलो संख्यामा शिक्षक शिक्षिकाको संख्या कटौति हुँदा जिल्लाको समग्र शिक्षा विकासमा निकै ठूलो प्रभाव पर्ने भन्दै शिक्षक महासंघ मनाङले चिन्ता ब्यक्त गरेको छ । सामुदायिक विद्यालयले सकारात्मक गति लिइरहेको अवस्थामा आधा शिक्षक संख्या जिल्ला बाहिरिने कुराले चिन्तित बनाएको मनाङका शिक्षाकर्मीहरुले बताएका छन् । 

यसै विषयलाई लिएर मनाङका शैक्षिक संस्थामा कार्यरत कर्मचारहीहरुले सम्बन्धिति निकालाई गम्भीरका साथ लिइदिन अनुरोध समेत गरेका छन् । यदि यसको सुनवाई नभएमा शिक्षक महासंघ मनाङले आन्दोलनको घोषणा गर्ने र यसको समर्थनका लागि सम्पूर्ण शिक्षाप्रेमी नेतागण, बौद्धिकवर्ग, शिक्षक कर्मचारीहरूनेतृत्व गर्दै संसोधनको लागि सहयोग पु¥याउन महासंघ मनाङका अध्यक्षद्वारा अपिल पनि गरिएको छ ।


सम्बन्धित समाचार