
चामे, ३१ भाद्र / नेपाली कांग्रेस मनाङले राजनीति गतिविधिलाई तिब्रता दिने भएको छ । पार्टीको कृयाशिलता बृद्धि गर्र्न पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताहरु जिल्लाभित्र सक्रीय रहन थालेका छन् ।
नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निर्देशनमा जिल्लाभित्र नेपाली कांग्रेस मनाङको राजनीतिक गतिविधि सूचारु गर्न लागिएको जिल्ला सचिव सुरेन्द्र गुरुङले जानकारी दिएका छन् । उनका अनुसार कोरोना भाईरसको संक्रमणको बेला स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाएर नेपाली कांग्रेस मनाङले आफ्नो राजनीतिक गतिविधि सञ्चालन गर्न लागिएको हो ।
यसै साताको शुरुदेखि नै पार्टीले नयाँ सदस्यता विस्तार गर्ने तथा पार्टीलाई योगदान दिने सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम समेत सञ्चालन गरिएको नेपाली कांग्रैस मनाङ अर्का सचिव विनोद गुरुङले बताएका छन् । उनका अनुसार सोमवार एक सामारोहको आयोजना गरी नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनाङले प्रजातान्त्रिक विचार समाज र सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष एवं पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त समारोहमा नेपाल प्रजातान्त्रिक महासंघ मनाङका अध्यक्ष छिरिङ घ्याल्पो पुनेल, उपाध्यक्ष विनोद गुरुङ, सचिव धनवहादुर लामाका साथै सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्र मनाङका संयोजक गुणराज गुरूङ र सचिव डिलराम गुरुङलगायतलाई सम्मान गरिएको थियो भने उपसभापति एवं जिल्ला समन्वय समिति मनाङका संयोजक यज्ञप्रसाद घले, सचिव सुरेन्द्र गुरुङ, नेपाली कांग्रेस मनाङको प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति साङ्दो लामालगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
मनाङको नासो गाऊँपालिका स्थित धारापानीमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पदाधिकारीहरूले प्रजातान्त्रिक विचार समाज मनाङ र सामाजिक लोकतन्त्र अध्ययन केन्द्र मनाङका अध्यक्ष एवं पदाधिकारीलाई संयुक्त रुपमा बधाई समेत ब्यक्त गरेका थिए । समारोहमा नेपाली काँग्रेसका महासमिति सदस्य एवं नासों गाऊँपालिकाका प्रमुख चन्द्र घले, नेपाली काँग्रेस मनाङका सचिव विनोद गुरुङ, नेपाली काँग्रेस जÞिल्ला सदस्य एवं नासों गाऊँपालिकाका उपप्रमुख कमलमाया गुरुङ लगायतको उपस्थित रहेको थियो ।
लोकतन्त्रका पक्षमा आवाज मुखारित गर्नका लागि जिल्लामा बिभिन्न पेशा र ब्यवसायमा आवद्व ब्यक्तित्वलाई समेटी विभिन्न फोरम गठन समेत गरिएको नेपाली काँग्रेस मनाङका सचिव विनोद गुरुङले जानकारी दिए । कार्यक्रममा उपसभापति यज्ञप्रसाद घलेले लोकतन्त्रको संस्थागत विकासका पक्षमा नीतिगत पैरबी गर्न, आमनागारिकका सवाललाई उठान गरी राजनीतिक दल तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यस्तो कार्यक्रमको आयोजना गरिएको चर्चा गर्दै सामाजिक लोकतन्त्रका मूल आधारहरु स्वतन्त्रता, समानता, विभेद न्यूनीकरण र आर्थिक–सामाजिक न्याय स्थापनार्थ लोकतान्त्रिक समाजवादको सम्बद्र्धन र प्रबद्र्धन गर्दै आमजनताको जीवनस्तरमा उल्लेख्य बृद्धिसँगै समग्र विकासको चाहना पुरा गर्ने उद्देश्यका साथ स्थापना गरिएको बताए ।
सोही कार्यक्रममा नासों गाऊँपालिका वडा नं ५ का सामाजिक व्यक्तित्व धनवहादुर लामाले आफु संलग्न रहेको पार्टी नेकपा परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
सम्बन्धित समाचार
- कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
- गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त