मनाङका टासी घले पुन एन्फाको मानार्थ अध्यक्ष

मनाङका टासी घले पुन एन्फाको मानार्थ अध्यक्ष

    काठमाडौं, ३ असार / अखिल नेपाल फुटबल संघ (एन्फा) मा मनाङका टासी घले फेरी मानार्थ अध्यक्ष बनेका छन् । संघको मंगलवार बसेको कार्यसमितिको बैठकले उनलाई फेरि मानार्थ अध्यक्षमा फिर्ता बोलाउने निर्णय गरेको हो ।
मंगलवार एक विशेष बैठकको आयोजना गरी घलेलेलाई संघको विधानको धारा २० बमोजिम बाँकी कार्यकालको अवधिका लागि मानार्थ अध्यक्ष पदमा नियुक्ती गरिएको एन्फाका अधिकारीहले जानकारी दिएका छन् । सोमवार आयोजना गर्ने भनिएको बैठक एक वरिष्ठ उपाध्यक्षको अनुपस्थितका कारण मंगलवार सम्पन्न गरिएको थियो । सोही बैठकले निवर्तमान मानार्थ अध्यक्ष टासी घलेलाई पुन मानार्थ अध्यक्षको पदमा नियुक्त गरेको बताइएको छ ।
    घलेको मानार्थ अध्यक्षको पद यसअघि २०७५ साल माघ ३ गते एन्फाले फिर्ता लिएको थियो । ‘टेप प्रकरण’ चर्चामा आएसँगै एन्फाले घलेको मानार्थ अध्यक्षको पद फिर्ता लिएको थियो । यस विषयलाई लिएर घलेले असन्तुष्टि जनाउँदै आएका थिए ।


सम्बन्धित समाचार