मे दिवसको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङद्वारा शुभकामना

मे दिवसको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङद्वारा शुभकामना

    काठमाडौं, १८ बैशाख  / पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले विश्वभरका श्रमिकहरुलाई शुभकाममना ब्यक्त गरेका छन् । आज आमसञ्चार माध्यमहरुमार्पmत १ सय ३२ औं मे दिवसको अवसरमा पूर्व राज्यमन्त्री गुरुङले शुभकामना सन्देश जारी गरेका हुन् ।
    ‘विश्वभरका श्रमिकहरुको हक हित र उन्नति होस्’ भन्दै अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भनेका छन् ‘श्रमिकहरुको हक अधिकार स्थापित भएको दिनको रुपमा प्रत्येक वर्ष १ मेमा विश्व मजदुर दिवस मनाउने गरिन्छ । सन २०२१ को मे १ मा मनाईने मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं सुखद भविष्यको कामना गर्दछु ।’
    श्रमिक दिवसको अवसरमा शुभमकाना दिदै पूर्व राज्यमन्त्री गुरुङले कोविड महामारीको यो अप्ठेरो परिस्थितिमा रहेका मजदूरहरुलाई विश्वको जुन ठाउँमा रहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित रहन समेत सुझाव दिएका छन् ।


सम्बन्धित समाचार