लकडाउन लम्याउँदा जनजीविकाको विकल्प खोज्न सुझाव

लकडाउन लम्याउँदा जनजीविकाको विकल्प खोज्न सुझाव     काठमाडौं, ६ जेठ  / कोरोना भाईरस कोविड १९ को संक्रमणको महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लक डाउन लम्याउँदा जनजीवन सहज बनाउने विकल्प दिन पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सरकारलाई सुझाव दिएका छन् । मनाङअनलाईनसँगको सम्वादमा पूर्व राज्यमन्त्री गुरुङले यस्तो सुझाव दिएका हुन् ।
    सरकारले पटक पटक लकडाउनको समय तोकिरहदा जनस्तरमा नैराश्यता बढ्दै गएको र जीवनयापन कठिन बन्दै जादा यसले भावी जीवनशैलीमा असर पर्न सक्ने खतरा औंल्याउँदै पूर्व राज्यमन्त्री गुरुङले भने ‘लकडाउनको बेला घरमा बसेर ब्यक्ति तथा परिवारले आम्दानी गर्न सक्ने वैकल्पिक योजना सरकराले ल्याउनु पर्छ । कोबिड १९ संक्रमणको नियन्त्रण गर्ने भनेर लकडाउनको समय थप्दैमा यसले जीवनयापन सहज हुन सक्दैन । कोविड १९ नोबल कोरोना भाईरस विरुद्धको औषधि प्रयोगमा ल्याउन समय लाग्न सक्छ । तर जीवनयापन सूचारु हुनु जरुरी हुन्छ । सरकारले जनजीवनमा मनोवैज्ञानिक असर कम गर्ने विभिन्न विकल्पहरु खोज्न ढिलो गर्नु हुदैन ।’
    कोरोनाकहरले जनजीवन त्रसित बन्दै गईरहेको बेला दैनिक उपभोग्य वस्तुको जोहो गर्न नसक्दा नागरिकहरुमा मनोवैज्ञानिक असर देखा पर्न थालेको र यसले सामाजिक र आर्थिक विकासमा नकारात्मक अवस्था सृजना गर्ने समेत उनले बताए । त्यस्तै नेपालमा कोविड १९ को परिक्षणका लागि निर्माण गरिएका भौतिक संरचनाहरु र क्वारेन्टाईन अनि आईसोलेशन शिविरहरुसमेत व्यवस्थित नभएको जनगुनासो आईरहेको बेला यसतर्पm पनि सरकारको ध्यान जानु पर्नेमा पूर्व राज्यमन्त्री गुरुङले जोड दिएका छन् ।
    विदेशमा रहेका लाखौं नेपाली श्रमिकहरु नेपाल भित्राउनु पर्ने स्थिति सृजना भएको भन्दै पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भने ‘चालु अवस्थामा रहेका क्वारेन्टाइन सुविधायुक्त नभएको र प्रहरी थुना जस्तो भएकोले परिक्षणका लागि राखिने पीडितहरुले त्यस्ता क्वारेन्टाईनमा निकै नै सास्ती खेपिरहेकोमा यस विषयमा पनि सरकारको ध्यान जानु जरुरी छ । विदेशबाट ल्याईने नागरिकहरुलाई राख्ने क्वारेन्टाइनको उचित व्यवस्था गरिनु पर्छ । देशका ७७ वटै जिल्लामा सुविधायुक्त क्वारेन्टाईन व्यवस्था गर्न सरकारको ध्यान जाओस् भन्न चाहन्छु ।’
    क्वारेन्टाईनमा राखिएका कतिपय पीडितहरु भागेर बाहिरिएका खबरहरु आईरहेको सन्दर्भमा पूर्व राज्यमन्त्री गुरुङले भनेका छन् ‘सुविधाहिन क्वारेन्टाईनमा राखिएका पीडितहरु कोहि भागेर बाहिरिदा यदि उसमा कोरोना संक्रमण छ भने त्यसबाट निकै ठूलो खतरा पैदा हुन सक्छ । जुन नियन्त्रण गर्न निकै ठूलो चुनौति हुन सक्छ । त्यसकारण सरकारले आवश्यक प्रबन्ध मिलाउन ढिलो गर्नु हुदैन ।’ 

सम्बन्धित समाचार