राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

काठमाडौँ — कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पीडित उपाध्यायको बिहान रुपन्देहीस्थित आफ्‍नै निवासमा निधन भएको कांग्रेसका राष्ट्रिय सभामा दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।


लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवाटमा रहेको निवासमा उनको निधन भएको हो।५० वर्षीय उपाध्यायको श्रीमती ३ छोरा र २ छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको रुपन्देही कांग्रेस नेता सञ्जिव बस्यालले जानकारी दिए।


उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उपाध्यायको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिँदै थियो।उनी यसअघि कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति पनि थिए।

सम्बन्धित समाचार