चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण

चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण

    चामे, २ पौष / नेपाली कांग्रेसका भातृ संगठन नेवि संघ मनाङ र नेपाल तरुण दल मनाङले सञ्चालन गरेको ‘बालबालिकाका लागि जाडोमा न्यानो कार्यक्रम सदरमुकाम चामेमा पनि सम्पन्न गरिएको छ । पौष १ गते बुधवार सदरमुकाम चामेमा एक समारोहको आयोजना गरी बालबालिकालाई न्यानो पहिरन वितरण गरिएको हो ।  

          
चामे गाउँ पालिकाका सबै वडाका १३ वर्ष मुनीका सम्पूर्ण बालबालिकाहरुलाई न्यानो ज्याकेट वितरण गरिएको आयोजक टोलीमा सहभागी सोनम लामाले जानकारी दिएका छन् । उनका अनुसार ज्याकेट वितरण गरिसकेपछि ती बालबालिकाहरुको निःशुल्क दन्त परिक्षण गरिएको थियो ।


    स्थानीय आमा समूहहरुको व्यवस्थापनमा आयोजित उक्त दन्त परीक्षण शिविरमा डा.दिनेश शर्मा भुसाल, डा.आयुष खरेल, डा.सूमी मल्ल, डा.सूजता डंगोलले बालबालिकाहरुको दन्त परीक्षण गरी अभिभावकहरुलाई आफ्ना केटाकेटीको दन्त स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श समेत दिएको कार्यक्रममा सहभागी सोनम लामाले जानकारी दिए ।


    यसअघि अघिल्लो दिन मनाङ ङिस्याङ गाउँपालिकाको वडा १ पिसाङका १३ वर्षमुनीका बालबालिकाहरुलाई पनि न्यानो पहिरन वितरण गरिएको थियो ।

सम्बन्धित समाचार