सभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

सभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

काठमाडौँ — संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक रहेकी भुसाललाई उम्मेदवार बनाउने तय भएको कांग्रेस स्रोतले दाबी गरेको छ ।
संसदमा सभामुख निर्वाचनको प्रक्रिया सुरु भएपछि संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी कांग्रेसको छ । सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न एक बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।वरिष्ठ अधिवक्ता भुसालले यसअघि शिवमाया तुम्बाहाङ्फेसँग उसपभामुखमा प्रतिष्पर्धा गरेकी थिइन ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको उम्मेदवार उठाउने तयारीमा कांग्रेस रहेको बताए। ‘उम्मेदवार उठाउने तयारी पार्टीको छ, व्यक्ति कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा संसदमा सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपछि संसदीय दलको बैठक बसेर निर्णय हुन्छ,’ शर्माले भने ।
कांग्रेसले यसअघि कृष्णबहादुर महरा सभामुखको उम्मेदवार हुँदा पार्टीका तर्फबाट उम्मेदवार बनाएको थिएन। महरा सालिन छवी र शान्तिप्रक्रियामा महत्वपूर्ण योगदान र्पुयाएको व्यक्ति भन्दै कांग्रेसले उनका विरुद्ध उम्मेदवार उठाएको थिएन ।


सम्बन्धित समाचार