नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो

नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो

नाशोँ गाउँपालीका वडा वं ८ को नेरापानु डाँडामा डडेलो लागेको छ । करिव एक महिना अघिबाट सुरुभएको डडेलो फैलदै पुस २५ गते सनिवार नेरापानु डाँडा स्थीत नेपाल टेलीकमको टवर सम्म पुगेको छ ।

नेरापानी डाँडामा रहेको नेपाल टेलीकमको टवरमा समेत आगो पुगेर टावरमा क्षतीपुग्ने भएपछि संरक्षण तथा व्यवस्थापनि समिति ताचैका अध्यक्ष याद घलेको पहलमा स्थानीयहरु एकजुट भई टावरलाई सुरक्षीत गर्न सफलभएको स्थानीयले जानकारी दिएका छन् । 

थानचोक पारिको डाँडाबाट सुरुभएको डडेलो कस्ले लगाएको भनेर खुल्न सकेको भने छैन । डडेलो कस्ले र कसरि लागेको भनेर खोजीकार्य जारी रहेको संरक्षण तथा व्यवस्थापनि समिति ताचैका अध्यक्ष घलेले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार