नवनिर्वाचित पदाधिकाहरुलाई मनाङका सांसदद्वारा बधाई तथा शुभकामना

नवनिर्वाचित पदाधिकाहरुलाई मनाङका सांसदद्वारा बधाई तथा शुभकामना

काठमाडौं, नेपालकै लोकप्रिय फुटबल क्लब मनाङ मस्र्याङ्ग्दी क्लबको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित भएका मुखिया गुरुङ सहितको नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रतिनिधि सभामा मनाङका सांसद कर्मा घलेले बधाई तथा शुभकामना सन्देश दिएका छन् । 

मनाङबासीहरुको गौरवशाली खेलकूद संस्था मनाङमस्र्याङ्दी क्लबले अहिलेसम्म हासिल गरेको उपलब्धीको प्रशंसा गर्दै सांसद घलेले भनेका छन् ‘हालै सम्पन्न साधारणसभाबाट निर्वाचित हुनु भएका मनाङ मस्र्याङ्ग्दी क्लबका नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरु बधाई दिन चाहन्छु साथै क्लबको पदीय जिम्मेवारी सफलतापूर्वक बहन गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’

सम्बन्धित समाचार