शवको अनुसन्धानमा प्रहरी जुटेको

शवको अनुसन्धानमा प्रहरी जुटेको

काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा मंगलबार फेलापरेको एउटा शवको केही भागको अनुसन्धानमा प्रहरी जुटेको छ । 

मंगलबार जलाएर बोरामा पोको पारेर राखेको खुट्टाको भाग फेला परेको थियो । शवको भाग महिलाको हो वा पुरुषको पहिचान हुनसकेको छैन् । तर, पैतलालाई हेरेर प्रारम्भिक रुपमा महिलाको शव हुन सक्ने चिकित्सक र प्रहरीले अनुमान गरेका छन् ।

प्रहरीका अनुसार हत्यापछि शव जलाएको र बाँकी भाग यहाँ फालेको हुनसक्छ । तर, कसले कहिले फालेको भन्ने केही खुलेको छैन । चिकित्सकहरुले भने दुई हप्तापहिले नै फालेको जस्तो देखिएको बताएका छन् । शवको प्रयोगशालामा परीक्षण भइरहेकोछ । प्रयोगशालाको रिपोर्ट आइनसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।

अनुसन्धान जारी छ । छिट्टै पत्ता लगाउँछौँ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको  एसएसपी सिंहले जानकारििदनुभयो । नेपाल प्रहरीलेप्रहरीले हराएका मानिसको विवरण पनि अध्ययन गरिरहेको छ । प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरको प्रयोग गरे पनि कुकुरले कुनै सुराक दिन सकेको छैन । शव पुरानो भएकाले कुकुरले संकेत गर्न नसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।  हाल शवको फरेनसिक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार