गण्डकी प्रदेश सभामा मनाङका सदस्य मनाङे पक्राउ

गण्डकी प्रदेश सभामा मनाङका सदस्य मनाङे पक्राउ

    पोखरा, ९ माघ / गण्डकी प्रदेश सभामा मनाङ निर्वाचन क्षेत्र ‘ख’ का सदस्य राजीव गुरुङ (दीपक मनाङे) पोखरामा पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
    मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएकोमा बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेका थिए ।
    राष्ट्रिय सभाको निर्वाचनमा विहिवार मत खसालेका मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी दिएका छन् ।


सम्बन्धित समाचार