मुखिया गुरुङको अध्यक्षतामा मनाङ मर्स्याङ्दी क्लबको नयाँ समिति

मुखिया गुरुङको अध्यक्षतामा मनाङ मर्स्याङ्दी क्लबको नयाँ समिति

काठमाडौं, १२ चैत्र । मनाङबासीहरुको गौरवशाली फूटबल क्लब मनाङ मस्र्याङ्दी फूटबल क्लबको यस वर्षको साधारण सभाले मुखिया गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण गरेको छ । । सो साधारण सभाले मुखिया गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो ।

डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबको १४ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा सुशील गुरुङ चुनिएका छन् भने उपाध्यक्षहरुमा विजय घले, छिरिङ टासी घले, राजु गुरुङ, कमल गुरुङ र सोनाम गुरुङ चयन भएको क्लबको सचिवालयद्वारा जनाईएको छ ।

त्यसैगरी समितिको वतर्मान कार्यसमितिको महा सचिवमा तेञ्जिङ गुरुङ र सचिव पदका लागि कर्मा टासी गुरुङ चुनिएका छन् भने कोषाध्यक्ष पदमा कर्मा गुरुङ चुनिएका छन् । त्यस्तै वर्तमान समितिको सदस्यहरूमा मुखिया गुरुङ, कर्मा गुरुङ, रामबहादुर गुरुङ र सोनाम घले निर्वाचित भएको बताइएको छ ।


सम्बन्धित समाचार