नेकपाले बोलायो सभामुखको उम्मेदवार तय गर्न सचिवालय बैठक

नेकपाले बोलायो सभामुखको उम्मेदवार तय गर्न सचिवालय बैठक

काठमाडौँ, माघ ५ । नेकपाले सभामुखको उम्मेदवार चयन गर्नका लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान भएको बैठकमा दिउसो सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।कपाका अध्यक्षद्वयको बैठकले सभामुखबारे छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।
    प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज महिनामा राजीनामा दिएका थिए ।
    सभामुखको प्रस्ताव अध्यक्ष ओलीलेगर्ने्कि दाहालले भन्नेमा नेकपामा विवाद थियो । जसका कारण पुस ४ गते बोलाइएको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ । सभामुखमा सुवासचन्द्र नेम्वाङ, अग्नी सापकोटा र उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा छ । प्रतिनिधिसभा बैठक सोमबार आह्वान गरिएको छ। उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार