चन्द समूहका इन्‍चार्ज पक्राउ

चन्द समूहका इन्‍चार्ज पक्राउ

दमौली — प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्‍चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्‍ने पूर्णजित पुन रहेका छन् ।

पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रहरीले चन्द समूहनिकट विद्यार्थी संगठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार