
चामे, ५ असार/ हिमाली जिल्ला मनाङमा पनि पहिलो पल्ट एन्फा जिल्ला फुटबल लिग शुरु भएको छ । मनाङ जिल्ला फुटबल संघको आयोजनमा चामे गाउँ पालिकाको तिमाङ खेल मैदानमा असार ४ गतेबाट जिल्ला लिग फुटबल खेल सञ्चालन भएको हो ।
मनाङ जिल्ला फुटबल संघका अध्यक्ष बिनोद गुरूङको अध्यक्षतामा उद्घाटन समारोहको आयोजना गरी एन्फा जिल्ला लिग शुरु गरिएको थियो । उक्त उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मनाङका सभापति यज्ञप्रसाद घले प्रमुख आतिथ्यता रहेको थियो ।
एन्फा जिल्ला लिग उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमूख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष घलेले शुभकामन मन्तव्य व्यक्त गर्दै मनाङ जिल्ला पनि अब फुटबल खेलतर्पm एउटा फड्को मार्न सफल भएको धारणा ब्यक्त गरे । उनले भने ‘अब हिमाली जिल्ला मनाङले खेलकूद क्षेत्रमा नयाँ तरङ्ग ल्याउनु पर्छ । खेलकूद क्षेत्रमा यो जिल्लाले पनि उल्लेखनीय उपलब्धी हासिल गर्नु पर्छ ।’
उद्घाटन समारोहका विशेष अतिथि आखिल नेपाल फुटबल संघका उपाध्यक्ष वीरबहादुर खड्काले मनाङ जिल्लाको फुटबलको बिकासका लागि एन्फाले सक्दो सहयोग गर्ने र फुटबल खेलमा कुनै राजनीतिक हुनु नहुनेमा जोड दिए । उनले अगाडि भने ‘यस्तो दुर्गम ठाउँमा हामीहरुले यति राम्रो खेल मैदान होला भनेर कल्पना समेत गरेका थिएनौं । यो खेल मैदानलाई भविष्यमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको रूपमा बिकास गर्न सके खेल पर्यटनको रूपमा बिकास गर्न धेरै कठिनाई छैन ।’
कार्यक्रममा अतिथिका रुपमा महासचिव ईन्द्रमान तुलाधर, सह महासचिव विश्व पौडल, केन्द्रीय सदस्यहरू दिनेश बेञ्जनकार र विजय घलेको उपस्थिति रहेको थियो । उक्त अवसरमा चामे गाउँपालिका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङले मनाङ जिल्लाको पूmटबल संघलाई अहिलेको अवस्थामा पु¥याउन योगदान दिएकोमा संघका अध्यक्ष विनोद गुरुङ, सचिव दुधबहादुर गुरुङलगायतको कार्यमितिको प्रशंसा गरे ।
सो अवसरमा प्रतिनिधि सभामा मनाङका सदस्य कर्मा घले सहित मनाङ मस्र्याङ्ग्दी क्लबका पूर्व अध्यक्षहरु टासी घले, झाम्लिङ घले, जिमी गुरुङ र मुखिया गुरुङले मनाङ जिल्ला फुटबल संघलाई एन्फाको सदस्यता प्राप्त गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संघका अध्यक्ष विनोद गुरुङले धन्यवाद ब्यक्त गरेका थिए ।
उद्घाटनको समारोहको समापन गर्दै अध्यक्ष गुरुङले मनाङ फुटबल संघमा अब परिवर्तन हुने नेतृत्व स्वच्छ छवी भएका र फुटबलसम्बन्धी ज्ञान, कौशल र अनुभव भएका ब्यक्तिहरु चयन हुनु पर्नेमा जोड दिए । त्यसैगरी उनले संघमा अब आउने नेतृत्वले राजनीतिक प्रभावमा नपरी मनाङका खेलाडीहरुलाई राष्ट्रिय फुटबल लिगहरुमा प्रतिष्पर्धी बनाउन सक्ने क्षमताको विकास गर्नु पर्ने बताए ।
समारोहमा स्थानीय हिमालयन युवा क्लबका उपाध्यक्ष कमलजंग गुरूङले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम संघका सचिव दुधबहादुर गुरुङले सञ्चालन गरेका थिए । असार ४ गतेबाट शुरु भएको यो लिगमा जिल्लाभरीका विभिन्न ८ वटा फुटबल टिमले भाग लिएका छन् । मनाङमा एन्फा जिल्ला फुटबल लिग ८ गते समापन हुनेछ । प्रतियोगिता तिमाङ रङ्गशालाको मैदानमा सञ्चालन भईरहेको छ ।
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त