मनाङको होल्तङ्पा ल्होसार काठमाडौंमा भव्यता साथ मनाईदै

मनाङको होल्तङ्पा ल्होसार काठमाडौंमा भव्यता साथ मनाईदै

    काठमाडौं, ११ पौष /मनाङका बासिन्दाहरुले परम्परादेखि मनाउँदै आएको होल्ताङपा ल्होसार (चि–ल्हो) भव्यरुपमा मनाईदैछ । मनाङबासीहरुले राजधानीको स्वयम्भूस्थित मनाङ समाज सेवा समितिको गुम्बामा एउटा भव्य समारोहको आयोजना गरी यतिबेला होल्ताङ ल्होसार मनाईरहेका छन् ।


    विशेषगरी नयाँ वर्षको रुपमा मनाईने यो ल्होसार पर्वमा जिल्लाबासीहरुले एकै ठाउँमा भेला भएर एकआपसमा शुभकामना आदान प्रदान गरी सांस्कृतिक मान्यताका साथ खाना खाने तथा नाचगान गर्नुका साथै आपसी सद्भाव साटासाट गरेर यो पर्व मनाउँने गरेका छन् । मनाङ समाज सेवा समितिद्वारा आयोजित यस वर्षको होल्ताङपा ल्होसार (चि–ल्हो) कार्यक्रममा उत्साहजनक सहभागिता रहने समितिका अध्यक्ष सुनिल गुरुङले बताएका छन् ।
    यस वर्षको ल्होसार कार्यक्रम भव्यताका साथ मनाउन लामा गुरुहरुद्वारा पूजा पाठ, सांस्कृतिक कार्यक्रम प्रदर्शनी तथा खाजा र खानपानको व्यवस्था रहेको कार्यक्रमका संयोजक मानबहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार समारोहको उद्घाटन मनाङका प्रसिद्ध औतारी लामाले परम्परागत पूजा विधिद्वारा गरीसकेपछि कार्यक्रमलाई अगाडि बढाइनेछ ।


    मनाङ समाज सेवा समितिका पूर्व अध्यक्ष समेत रहेका यस वर्षको ल्होसार महोत्वस संयोजक गुरुङले भनेका छन् ‘यस वर्ष हाम्रा कार्यक्रम थुप्रै रहेका छन् । शुरुमा हाम्रो गाउँको चलनचल्तिमा रहेको ढुंगा फाल्ने कार्यक्रम सकिएपछि औपचारिक कार्यक्रमहरु उद्घाटन सम्पन्न गर्ने, प्रमूख अतिथि एवं अतिथिहरुद्वारा शुभकामना मन्तव्य व्यक्त गर्नेलगायतका अन्य कार्यक्रमहरु रहेका छन् ।’
    यसै अवसरमा जिल्लामा उत्कृष्ट काम गरेर मनाङ समाज सेवा समितिलाई योगदान पु¥याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्ने, प्रशंसापत्र वितरण गर्नेलगायतका अन्य कार्यक्रमहरु रहेको पनि संयोजक गुरुङले जनाएका छन् ।


सम्बन्धित समाचार