जिल्ला प्रहरी कार्यालय मनाङद्वरा जिल्ला बासीहरुमा अनुरोध जारी

जिल्ला प्रहरी कार्यालय मनाङद्वरा जिल्ला बासीहरुमा अनुरोध जारी

    चामे, १८ बैशाख / जिल्ला प्रहरी कार्यालय मनाङले जिल्लाबासीहरुमा कोरोना विरुद्धको अभियानमा सघाउन अनुरोध गरेको छ । जिल्लाका सबै गाउँपालिकाहरुमार्फत स्थानीय बासिन्दाहरुलाई अभियानमा सहयोग गर्न अनुरोध गरेको हो ।
    ‘कोरोना विरुद्धको हाम्रो नियन्त्रणात्मक अभियान, पालना गरे स्वास्थ्य मापदण्ड पुग्नेछ अमूल्य योगदान’ भन्ने नाराका साथ सार्वजनिक रुपमा थालनी गरिएको अभियानमा ११ बुँदे सुझावहरु सहितको सूचनाहरु समेटिएका छन् भने उक्त सूचनामा कोरोना नियन्त्रणका लागि राज्यले लिएको निर्णय नमानेमा दण्ड जरिवाना हुने व्यहोरा समेत जानकारी गराइएको छ ।
    जिल्ला प्रहरी कार्यालय मनाङले जारी गरेको उक्त सूचनालाई गाउँपालिकाहरुले सार्वजनिक स्थलाहरुमा राखेका छन् । जारी गरिएको सूचनामा भनिएको छ


    कोरोनाबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।
    कोरानाबाट बच्न समय समयमा हात धुनु पर्ने र सेनिटाईजर अनिवार्य लगाउनु पर्ने कुरा कहिल्यै     नभुलौं ।
    आफ्नो घरभन्दा बाहिर कतै हिड्डुल गर्नु पर्दा अनिवार्य मास्कको प्रयोग गरौं ।
    कतै सभा। समारोह एवं कार्यक्रममा सहभागी हुनु पर्दा कम्तिमा ६ मिट्र दुरी कायम राखौं ।
    कोरोना संक्रमित ब्यक्ति तथा निजको अन्य परिवारका सदस्यहरुलाई सम्मानजनक व्यवहार गरौं ।
    कोरोनासम्बन्धी अफवाह फैलाउने र एक अर्कामा आरोप प्रत्यारोप लगाउने कार्य कसैले नगरौं ।
    आफू बसोबास गर्ने कोरोनासम्बन्धी अफवाह फैलाउने र एक अर्कामा आरोप प्रत्यारोप लगाउने कार्य     कसैले नगरौं ।
    आफू बसोबास गर्ने घर वरपर तथा टोल छिमेकमा नौलो अपरिचित ब्यक्ति देख्नु भएमा तुरुन्त     नजिकको स्वास्थ्य प्रमूख वा नजिकको प्रहरी कार्यालय (१०० कन्ट्रोल रुमको फोनमा सम्पर्क गरी)     लाई खबर गरौं ।
    आफ्नो कार्यालय एवं घरको मूल गेटमा अनिवार्य रुपले सावुनपानी र सेनिटाईजर राखौ ।
    यात्रुबहाक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाऔं ।
    कसैमा कोरोना रोगको लक्षण देखिएमा वा शंका लागेमा घर परिवारबाट अलग्गै बसौं ।
    भिडभाड वा गाडीका सवार रहदा अनिवार्य मास्क एवं सेनिटाईजरको प्रयोग गरौं ।
कोरोना आफैंमा सरुवा रोग हो र यस्ता रोग अरुलाई सार्ने काम कानूनले दण्डनीय मानिन्छ । यस्ता कार्य कोही कसैले जानी जानी वा लापरवाहीपूर्वक गरेमा मुलुकी अपराध संहिता २०४७ को परिच्छेद ५को दफा १०७ मा व्यवस्था भए बमोजिम कारबाही भई जाने व्यहोरा सुसूचित गराईन्छ । (जानी जानी गरेमा १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना, लापरबाहीपूर्व गरेमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र हेलचक्र्याईपूर्वक गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयासम्म जरिवाना हुने
जीवन रहे जगत देखिन्छ तसर्थ सदैव जानकारीमा राखौं
भेन्टिलेटरभन्दा मास्क राम्रो
आईसियुभन्दा घर राम्रो
उपचारभन्दा सावधानी राम्रो
अवज्ञाभन्दा अनुशासित बनौं
घरमै बसी सुरक्षित बनौं ।


सम्बन्धित समाचार