मनाङको मिलेरेपा स्मृति पार्क तथा गुम्बा उद्घाटन समारोह समापन

मनाङको मिलेरेपा स्मृति पार्क तथा गुम्बा उद्घाटन समारोह समापन

    मनाङ, १९ कात्र्तिक/ प्रसिद्ध धर्म गुरु मिलेरेपाको स्मृतिमा मनाङ जिल्लाको मनाङ ङियास्ङ गाउँपालिका ६ मनङमा निर्मित ‘मिलेरेपा स्मृति पार्क’ तथा मिलेरेपा गुम्बाको उद्घाटन गरिएको छ । कार्तिक १८ गते सोही पार्क परिसरमा भव्य समारोहको आयोजना गरी उक्त पार्क तथा गुम्बाको मनाङका प्रमूख लामा गुरु कुन्साङ गुरुङले उद्घाटन गरेका हुन् ।
    मनाङ ङिस्याङको वडा नम्बर ५ भ्राकामा अवस्थित प्रशिद्ध धार्मिक तिर्थस्थल मेलेरेपा गुफालाई समेत जोडेर धार्मिक तथा सांस्कृतिक पार्कको रुपमा विकास गर्न मनाङकै धार्मिक गुरु छोजे लामा फुन्छोक रिन्पोर्छेको प्रयासमा उक्त पार्क निर्माण गरिएको पूर्व श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङले जानकारी दिएका छन् ।
    उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा सहभागी पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले उक्त मिलेरेपा पार्क तथा गुम्बा निर्माण गर्न स्थानीय धार्मिक गुरु लामा फुञ्छोक रिम्पोर्छेको प्रयास निकै नै सह्रानीय काम भएको भन्दै यसबाट धार्मिक पर्यटनको माध्यमबाट नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास समेत ब्यक्त गरेका छन् ।
      परापूर्व कालमा प्रसिद्ध धार्मिक गुरु तपस्वी मिलेरेपाले ध्यान गरेको स्थान मनाङको विख्यात धार्मिक तिर्थस्थलका मिलेरेपा गुफासम्म जान शारीरिक कमजोरी भएका भक्तजनहरुलाई सजिलो होस् भन्ने धारणाले आपूmले मनाङ ङिस्याङ गाउँपालिकाको मनाङमा उक्त पार्क र गुम्बा निर्माणमा पहल गरेको स्थानीय धार्मिक गुरु छोजे लामा फुन्छोक रिन्पोर्छेले बताए । यसबाट मनाङमा धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने उनको दावी छ ।


    अवलोकनकर्ताहरुले मेलेरेपा गुरुको सम्पूर्ण इतिहास बुझ्न सक्ने गरी मिलेरेपा पार्क तथा गुम्बा परिसरमा मिलेरेपाको संक्षिप्त इतिहासलाई तिब्बती, नेपाली, अंग्रेजी र चाईनिज भाषामा लेखेर राखिएको छ । उक्त पार्क तथा गुम्बा उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा मनाङका प्रतिनिधि सभा सदस्य कर्मा घले, गण्डकी प्रदेश सभामा मनाङ ‘क’ सदस्य चिन्तबहादुर घले, विभिन्न देशहरुबाट निम्त्याईएका कहलिएका धार्मिक लामा गुरुहरुसको समेत सहभागिता रहेको थियो ।
    कार्यक्रमको समन्वय स्थानीय पर्यटन व्यवसायी एवं समाजसेवी छिरिङ ओङमा घलले र पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङको रहेको थियो ।


सम्बन्धित समाचार