
काठमाडौं, २२ भदौ । मनाङका पूर्व जिल्ला विकास समिति सभापति छिरिङ ओङगेल गुरुङ (मिचुङ) को निधन भएको छ । गुरुङको गत शुक्रवार काठमाडांैको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
पूर्व जि.वि.स सभापति गुरुङको निधनमा नेपाली कांग्रेस मनाङले श्रद्धाञ्जली व्यक्त गर्दै दिवांगत आत्माको चीरशान्तिको कामना गरेको छ । नेपाली कांग्रेस मनाङ जिल्ला सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नेपाली कांग्रेस मनाङको तर्पmबाट पूर्व जि.वि.स. सभापति गुरुङको निधनमा श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसको पार्टी कार्यालयमा एक बैठकको आयोजना गरेर पूर्व मन्त्री पाल्तेन गुरुङसहित पार्टीका महासमिति तथा महाधिवेसन प्रतिनिधिहरु साङदो लामा, शंकर गुरुङ लगायत जिल्ला कार्यसमिति सदस्यहरुले पनि शोक व्यक्त गरेका छन् ।
मृतक छिरिङ ओङगेल गुरुङ वि.सं. २०४६ सालमा नेपालमा बहुदलीय संसदीय व्यवस्था आएपछि जिल्लाको प्रथम जिल्ला विकास समितिको निर्वाचनमा नेपाली कांग्रेसका तर्पmबाट सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा मनाङ जिल्लामा जोखिम पूर्ण काठे पूल हटाई फलामे पुलको निर्माणका साथै मनाङको पर्यटन प्रवद्र्धनमा उनको ठूलो योगदान रहेको थियो । उनको निधनबाट एउटा सक्षम जनप्रतिनिधि गुमाउन पुगेकोमा मनाङबासिले दुःख व्यक्त गरेका छन्
सम्बन्धित समाचार
- प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज्यमन्त्रीले दिए शुभकामना
- हिउँले निभायो मनाङको डढेलो
- पूर्व राज्यमन्त्री गुरुङद्वारा सोनम ल्होसारको शुभकामना ब्यक्त
- हिउदमा पनि मनाङमा पर्यटक भित्र्याउने प्रयास जारी
- नासों गाउँपालिकाको तिल्चेमा लागेको डढेलो नियन्त्र नजिक
- कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
- गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त