बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त

बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त

    चामे, ९ असार/  मनाङमा २४ घण्टाको अविरल वर्षातका कारण बाढीले पुल तथा सडक भत्काएर जनजीवन प्रभावित बन्न गएको प्रति मनाङका नेता पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले दुःख ब्यक्त गरेका छन् ।  
    असार ८ गते गएको बाढीले लम्जुङ जोड्ने मनाङको म्यार्दी खोलाको पुल र तिमाङ खोलामा रहेको ह्युमपाईप फुटेर त्यहाँको काठे पुल समेत बगाएपछि यातायात अवरुद्ध हुँदा आइतवार अपरान्हदेखि मनाङबासीहरु चिन्तित बन्न पुगेको भन्दै पूर्व राज्यमन्त्री गुरुङले जति सक्दो छिटो भत्किएको पुल पुनर्निर्माण तथा सडक मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
    यस वर्षको वर्षामासको शुरुमै आएको यो ठूलो बाढीले पुल तथा सडक अबरुद्ध हुन थालेपछि त्रसित बन्न पुगेको मनाङको जनजीवनलाई सुचारु गराउन सरकारका सम्बन्धित निकाय, मनाङ जिल्लासँग सरोकार राख्ने निकाय, राजनीतिक दल, सामाजिक संघ संस्थाहरुका साथै मनाङवासीहरु समेत एक जुट भएर लाग्नु पर्नेमा नेता गुरुङले जोड दिएका छन् ।
    नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार टेकबहादुर गुरुङले मनाङअनलाईनमार्पmत यस्तो आग्रह गरेका हुन् । नेता गुरुङले भनेका छन् ‘मनाङ जिल्लाभित्र उपलब्ध हुने दैनिक उपभोग्य वस्तुहरु बाहिरी जिल्लाहरुबाट आयात गर्नु पर्छ, यदि सडक समयमा सूचारु गर्न सकिएन भने निकै ठूलो संकट पर्न सक्छ । यसका लागि जतिसक्दो छिटो बाढीले भत्काएको पुलको पुनर्निर्माण र सडक मर्मत गरिनु पर्छ । यसमा कसैलाई पक्ष विपक्ष नमानी एक जुट भएर लाग्नुको विकल्प छैन साथै सबै संयन्त्र प्रयोग गर्न जिल्लास्थित सरकारी निकायले पहल थालीहाल्नु पर्छ ।’
    पुल भत्किएको दुवै तर्पm अलपत्र परेका यात्रुहरुलाई तत्कालै गन्तव्यसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालन गर्न सम्भाव्यता खोज्न समेत नेता गुरुङको सम्बन्धित निकायलाई अनुरोध रहेको छ । पर्यटन विकासले गति लिदै गरेका मनाङ जिल्लामा यदि जति सक्दो छिटो भत्किएको पुल पुननिर्माण गरिएन भने नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ समेत प्रभावित हुने नेता गुरुङले औंल्याएका छन् ।