मनाङमा भएको ट्रक दुर्घटनाका मृतकहरुप्रति पूर्व राज्यमन्त्री गुरुङद्वारा शोक ब्यक्त

मनाङमा भएको ट्रक दुर्घटनाका मृतकहरुप्रति पूर्व राज्यमन्त्री गुरुङद्वारा शोक ब्यक्त

८ चैत्र, काठमाडौं– शनिवार मनाङको नासों गाउँपालिकाको खोत्रोमा भएको ट्रक दुर्घटनाबाट मुत्यु भएका सम्पूर्ण मृतकप्रति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गहिरो शोक ब्यक्त गरेका छन् । पूर्व राज्यमन्त्री गुरुङले आमसञ्चारमाध्यम मार्फत यस्तो शोक ब्यक्त गरेका हुन् ।

चैत्र ७ गते शनिवार भएको घटनामा घार्ईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पूर्व राज्यमन्त्री गुरुङले मृतकहरुप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत ब्यक्त गरेका छन् । शोक मन्तव्य ब्यक्त गर्दै गुरुङले भनेका छन् ‘हिमाली जिल्ला मनाङमा यति ठूलो दुर्घटना भएको खबरले आफू निकै नै मर्माहत हुन पुगेको छु । यस दुःखद घढीमा मृतकका परिवारलाई भगवानले धेर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् ।’

लमजुङको सदरमुकाम बेशिसहरबाट मनाङको सदरमुकाम चामेतर्फ जादै गरेको ध १ ख ५९२ नम्बरको ट्र«क खोत्रोमा अपरान्ह ३ बजेतिर दुर्घट भएको हो

सम्बन्धित समाचार