हिमाली जिल्ला मनाङमा ब्यापक हिमपात

हिमाली जिल्ला मनाङमा ब्यापक हिमपात

    चामे, २९ मङ्सिर/ यस वर्षको जाडो याम मध्य बन्दै गईरहेको बेला देशैभर चिसो बढ्नुको साथै हिमाली जिल्ला मनाङमा ब्यापक हिमपात भएको छ । केहि दिनयता भएको हिमपातबाट जिल्लाको माथिल्लो भेगका बासिन्दा निकै प्रभावित बन्न पुगेका छन् ।
    नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण केहिदिनदेखि देशभर चिसो बढेर गएको र देशका अधिकांश भूभागमा वर्षात समेत भएको थियो भने हिमाली जिल्लाहरुमा हिमपात समेत भईरहेको छ । हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा भएको हिमपातबाट त्यहाँको जनजीवन निकै नै कष्टकर बन्न पुगेको छ ।
    जिल्लाको माथिल्लो भेगमा मात्रै नभएर सदरमुकाम चामे र नासोँ गाउँपालिकाका उच्च भेगहरुमा समेत बाक्लै हिउ जमेको देख्न सकिने स्थानीयहरु बताउँछन् । शुक्रवार विहानदेखि शुरुभएको हिमपातका कारण जनजीवन प्रभावित बन्दै गएको भए पनि स्थानीय कृषकहरु भने यसबाट बालीनालीका लागि निकै ठूलो राहत मिलेको महशुस गरिरहेका छन् ।
    विगगतका वर्षहरुको भन्दा यसवर्ष केही छिटो हिमपात भएकाले हिमपातका कारण अन्नपुर्ण पदमार्ग र तिलिचो ताल भ्रमणमा गएका पर्यटकहरु मनाङको बिभिन्न स्थानबाटै फर्कन थालेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार