मनाङका सांसद गुरुङले दिए ल्होसारको शुभकामना

मनाङका सांसद गुरुङले दिए ल्होसारको शुभकामना

    काठमाडौं, ११ पौष/ प्रतिनिधि सभामा मनाङका सदस्य पोल्देन छोपाङ गुरुङले मनाङबासीहरुको नयाँ वर्ष होल्ताङपा ल्होसारको उपलक्ष्यमा शुभकामना सन्देश ब्यक्त गरेका छन् । मनाङबासीहरुको महानपर्व ‘चिल्हो’ २०७६को अवसरमा सांसद गुरुङले देश विदेशमा रहेका मनाङबासीहरुलाई शुभकामना सन्देश दिएका हुन् ।


    एक विज्ञप्ति जारी गर्दै सांसद गुरुङले शुभकामना सन्देशमा भनेका छन् ‘मनाङबासीहरुको महानपर्व होल्ताङ ल्होसार ‘चिल्हो’ २०७६ को उपलक्ष्यमा सम्पूर्ण मनाङबासी दाजुभाई दिदी बहिनी तथा देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना ब्यक्त गर्दछु ।’ होल्ताङपा ल्होसारको अवसरमा जारी गरिएको सन्देशमा सांसद गुरुङले अगाडि भनेका छन् ‘हामी केहि दिनपछि सन २०२०मा प्रवेश गर्दैछौं । यो साल भ्रमण वर्षको रुपमा मनाउँदैछौं । यो अवसरमा आफ्ना परिवार, इष्टमित्र र साथीभाईहरु सहित मनाङको भ्रमण गरी पर्यटनलाई टेवा दिनुहुन पनि आग्रह गर्दछु ।’
    उनले शुभकामना सन्देशमा थपेका छन् ‘यो नयाँ वर्षले हामी सबैको कार्य सफल होस्, समृद्ध मनाङ निर्माण गर्ने अठोट पूरा होस् र हाम्रो चालचलन, रितिरिवाज र संस्कृति सधैं जीवन्त रहोस् भनी विशेष कामना गर्दछु । मुलुकको सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा सबै लागी परौं भन्ने आग्रह गर्दछु ।’


सम्बन्धित समाचार