पूर्व राज्यमन्त्री गुरुङद्वारा नयाँ वर्षको शुभकामना ब्यक्त

पूर्व राज्यमन्त्री गुरुङद्वारा नयाँ वर्षको शुभकामना ब्यक्त

    काठमाडौं, १ बैशाख / नेपालीहरुले मनाउने नयाँ वर्षको नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुभकामना ब्यक्त गरेका छन् । पूर्व राज्यमन्त्री गुरुङले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा शुभकामना ब्यक्त गरेका हुन् ।
    आमसञ्चारकर्मीहरुसँगको सम्वादमा बोल्दै पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले भनेका छन् ‘नेपालीहरुको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’ उनले नेपालमा राजनीति गतिरोधलाई समेत नयाँ वर्ष २०७८ सालले निकाश दिन सकोस्् भन्ने कामना समेत गरेका छन् ।
    यसैगरी पूर्व राज्यमन्त्री गुरुङले कोबिड जस्तो महामारीको त्रासलाई समेत यो नयाँ वर्षले हटाउन सकोस् र त्यसबाट उत्पन्न हुन सक्ने दुःखद् परिस्थितिको नेपालीहरुले सामना गर्न नपरोस् भनेका छन्् । उनले छिमेकी देशहरुमा पुन कोबिड रोगले प्रभाव पार्दै लगेकोले यसको असर नेपालमा समेत आउन सक्ने भन्दै सचेत रहेर स्वास्थ्य सुरक्षा अपनाउन सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।


सम्बन्धित समाचार