बाटो विराएका पत्रकार र सरकारी कर्मचारीको सकुशल उद्धार

बाटो विराएका पत्रकार र सरकारी कर्मचारीको सकुशल उद्धार

चामे । जिल्ला प्रहरी कार्यालय मनाङले पत्रकार र कर्मचारीको जंगलबाट सकुसल उद्धार गरेको छ । चामे गाउँपालिकाले आयोजना गरेको कजीनसारा तालको महोत्सवबाट फर्कने क्रममा बाटो बिराएर अलपत्र परेका ४ जना पत्रकार र दुई जना कर्मचारीको सकुसल उद्धार गरेको हो ।
    असोज १० गतेबाट शुरु भएको उक्त तालको महोत्सवको रिपोटिङमा गएका पत्रकार र कर्मचारीलाई फर्कने क्रममा बाटो बिराएका कारण लमजुङ हिमालको बेसक्याम्प नजिकैको जंगालबाट उद्धारगरिएको जिल्ला प्रहरी कार्यालय मनाङका सुचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । उनका अनुसार खराव मौसमका करण बाटो विराएका उनीहरूलाई उद्धार गरिएको हो । नेपाल टेलिभिजन मनाङका रिपोर्टर नविन लामिछानेसँग लमजुङ अवाज साप्ताहिकका सञ्चालक मिलन शर्मा दनाई, मकावनपुरस्थित जागरण मिडियाकी मिना श्रेष्ठ, जागरण मिडियाकै फोटो पत्रकार मिलन श्रेष्ठ र मनाङ अदालतका नासु डिल्लीराज पौडेल र जिल्ला आयुर्वेदका अधिकृत कविराज रामपुजन ठाकुरको उद्धार गरी चामे ल्याइएको प्रहरी नायव निरीक्षक श्रविकले बताए ।
    पत्रकार र कर्मचारी हराएको सुचना पाए लगत्तै चामेबाट खोजी कार्यमा गएको उनले बताए। उनका अनुसार रातिको करीव दुई बजे घटनास्थलमा पुगी उद्धार गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सोमबार विहान ९ बजे सकुशल मनाङ सदरमुकाम चामे ल्याएको हो । फोटो पत्रकार मिलन श्रेष्ठका अनुसार खुट्टामा समस्या भएर हिड्न कठिन भएको र कुहिरोको कारण बाटो बिराएकाले समस्या भएको बताए ।
    हिड्ने क्रममा मोवाइल नेटवर्क आएपछि आफुले प्रहरीलाई खवर गरेको श्रेष्ठले बताए । उनका अनुसार साँझ ६ बजे देखि सम्पर्क विच्छेद भएको र करिब रातको १० बजे मोबाइलमा टावर टिपेपछि सम्पर्कमा आउन सफल भएको हो ।


सम्बन्धित समाचार